Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

माओवादी केन्द्र इच्छाकामनाले मनायो ३० औँ जनयुद्ध दिवस

माओवादी केन्द्र इच्छाकामनाले मनायो ३० औँ जनयुद्ध दिवस

इच्छाकामना : नेकपा माओवादी केन्द्र इच्छाकामनाले ३० औँ जनयुद्ध दिवस मनाएका छन् । माओवादी केन्द्र इच्छाकामना गाउँ कमिटीको आयोजनामा इच्छाकामना ४लेवटारमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरि जनयुद्ध दिवस मनाएका हुन् ।

नेकपा माओवादी केन्द्र इच्छाकामनाका अध्यक्ष रामहरि कडेँलको अध्यक्षता तथा प्रदेश कमिटी सदस्य एंव इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा  माओवादी केन्द्रका प्रदेश सदस्य  सावित्री सिलवाल वडा नम्बर १ का वडाध्यक्ष सन्त बहादुर राना, माओवादी केन्द्र इच्छाकामनाका पूर्व अध्यक्ष हरि बहादुर थापा, जिल्ला सल्लाहकार कृष्णप्रसाद पोखरेल लगायतको आतिथ्यता रहेका थिए ।

कार्यक्रममा कृष्णप्रसाद सिलवाल र शिव पौडेलले कविता वाचन गरेका थिए । उपाध्यक्ष कुमार मगरले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव पवन गुरुङले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट