भरतपुर : सूचनाको हकका लागि राष्ट्रिय महासंघ चितवनको तदर्थ समिति गठन गरिएको छ । आज (बुधवार) भरतपुरमा बसेको विशेष बैठकले पत्रकार बसन्त ढुंगानाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा सबिता अधिकारी, सचिवमा सुनिल पराजुली, सह–सचिवमा आश्मा राई, कोषाध्यक्षमा निशा श्रेष्ठ र सदस्यहरुमा अधिवक्ता सञ्जु ढकाल, समिर चापागाई , अनिष थापामगर रहनुभएको छ ।
समितिमा पत्रकार, शिक्षक र अधिवक्ता हुनुहुन्छ । समितिले सूचनाको हकको पैरवीको लागि चितवनमा रहेर विशेष काम गर्ने नवनियुक्त अध्यक्ष ढुङ्गानाले बताउनुभयो । संविधानले सुनिश्चित गरेको मौलिक हकका साथै सूचनाको हक सम्बन्धि ऐन २०६४ अनुसार सर्वसाधारणसँग सरोकार राख्ने प्रत्येक सार्वजनिक निकायको सूचना प्राप्त गर्न पाउने नागरिकको हक स्थापितका लागि यस संस्थाले काम गर्नेछ । बैठकमा नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य ईश्वर जोशी, नेपाल पत्रकार महासंघका निवर्तमान सचिव सिर्जना अर्याल र प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालको विशेष उपस्थिती रहेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij