Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

कांग्रेसको नीति प्रतिष्ठानको निर्देशकमा रत्ननगरका डा.सञ्जय महतो नियुक्त

कांग्रेसको नीति प्रतिष्ठानको निर्देशकमा रत्ननगरका डा.सञ्जय महतो नियुक्त

रत्ननगर : नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा रत्ननगरका डा.सञ्जय महतो सहित दुई निर्देशक तोकिएको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको प्रतिष्ठानमा प्रशिक्षण र अनुसन्धानतर्फ निर्देशक तोकिएको छ ।

प्रतिष्ठानको निर्देशक (अनुसन्धान तर्फ) रत्ननगर वडा नम्बर ५ जनकौलीका डा. सञ्जय महतो थारू र (प्रशिक्षण तर्फ) को निर्देशक पदमा कास्कीका डा. कृष्णप्रसाद पौडेल नियुक्त गरिएको छ । यसअघि निर्देशकमा जगदिशचन्द्र पोखरेल नियुक्त भएका छन् । खड्का नेतृत्वको प्रतिष्ठानमा १८ जना सदस्य तोकिएको छ ।

पार्टी विधानमा अनुसार प्रमुखसहित ५१ लाई प्रतिष्ठानमा राख्न सकिने व्यवस्था छ । प्रतिष्ठानले पार्टीमा प्रशिक्षण, अभिमुखीकरण प्रदान गर्नुको साथै नीति बनाउने र दलको पाठ्यक्रम बनाउने कार्य गर्दछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट