चितवन : नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिस्ट लिग नेपाल ((YCL Nepal) को ४३औं स्थापना दिवसको अवसरमा देशव्यापी रुपमा कार्यक्रमको आयोजना गरिएको छ ।
सोहि अवसरमा माडी नगर समितिले माडीका २ बिपन्न परिवारलाई न्यानो कपडा एवं ६ जना विधार्थीलाई स्टेशनरी सामाग्री वितरण गरेको छ । संगठनका केन्द्रिय कोषाध्यक्ष सन्तोष पनेरुको बिशेष उपस्थितिमा युवा नेता रामबन्धु पोख्रेल, माडी ५ का वडाध्यक्ष गणेश घताने, वाईसिएल का प्रदेश सदस्य अशोक पाठक, जिल्ला सहसंयोजक बिक्रम चौधरी, नगर संयोजक राम पोख्रेल तथा विधार्थी नेता पदम पन्त लगायतको उपस्थितिमा सामाग्री वितरण गरिएको हो ।
आज देशैभरी विभिन्न कार्यक्रम गरि मनाईदै गरेको स्थापना दिबसका अवसरमा केन्द्रिय कोषाध्यक्ष पनेरुले शुभकामना दिदैं गणतन्त्र स्थापनाका लागी वाईसिएल नेपाले खेलेको भुमिका ईतिहासमा स्मरणिय रहने जिकिर गर्नुभयो ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij