चितवन : गैँडाको आक्रमणबाट पूर्वी चितवनमा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ३६ वर्षीय राजकुमार बिक रहेका छन् ।
राप्ती नगरपालिका-९को च्यातङ्ग्र खोला नजिकै गैँडाले आक्रमण गर्दा उनको मृत्यु भएको चितवन निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए ।
सूचना अधिकारीका अनुसार बिक घाँस काट्न जंगल गएका थिए । उनको शव भरतपुर अस्पतालमा ल्याइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij