चितवन : जिल्ला अदालत चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा पठाएको छ।
साहारा सहकारीको बचत अपचलन प्रकरणमा थुनछेक बहस नसकिएको भन्दै लामिछानेलाई हिरासतमा पठाएको हो।
साहारा बचत सहकारी प्रकणको थुनछेक बहस जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासमा भएको थियो । लामिछानेको मुद्दा भने आज हेर्दाहेर्दैमा राखिएको छ।
लामिछानेलाई पुन: बिहीबार बिहान १० बजे अदालतमा उपस्थित गराउने गरी जिल्ला प्रहरी कार्यालय चितवनको हिरासत राख्ने भएको हो।
बुधबार अदालतमा उपस्थित भएका लामिछानेको बयान सकेर थुनछेक बहस सुरू भएको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij