Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

चितवन राष्ट्रिय निकुञ्जको बाटो चौबिसै घण्टा खुला हुने ।

चितवन राष्ट्रिय निकुञ्जको बाटो चौबिसै घण्टा खुला हुने ।

सबैखाले सार्वजनिक सवारी र चारपाङ्ग्रे निजी सवारीसाधनका लागि चितवन राष्ट्रिय निकुञ्जको बाटो चौबिसै घण्टा खुला भएको छ । बनकट्टादेखि कसरा खण्डको सुबिधाप्राप्त हुलाकी सडक भोलि (बिहीबार)बाट लागु हुनेगरी २४ घण्टा खुला भएको हो ।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरामा सम्पन्न एक विशेष बैठकले सबैखाले सार्वजनिक सवारी साधन एवं चारपाङ्ग्रे निजी सवारी साधन (सुरक्षाका कारण मोटरसाइकल बाहेक)लाई २४सै घण्टा आवतजावत गर्न पाउने निर्णय गरेको बैठकका सहजकर्ता समेत रहनुभएका भरतपुर–२३ का वडाध्यक्ष दीपक दवाडीले जानकारी दिनुभयो ।

बैठकमा वडाध्यक्ष दवाडीसहित निकुञ्जका संरक्षण अधिकृत अविनाश थापा, नेपाली सेनाको नयाँ गोरख गण कसराका मेजर जीवन बिष्ट, माडी नगर उपप्रमुख खेमप्रसाद महतो, वडाध्यक्ष अमित कुमार लामा, निकुञ्जको माडी बगहीँ सेक्टरका संयोजक एवं पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटा बासु, नेपाली काँग्रेसका नेताहरु कोमलनाथ भुसाल, लालबहादुर दवाडी, छबिलाल भट्टराई, सबिता बराल लगायतको सहभागिता रहेको थियो ।

यसअघि, भरतपुर महानगरपालिका वडा नं. २३ ले संघीय वनमन्त्री ऐनबहादुर शाही ठकुरीलाई जगतपुर माडीको सडक खण्ड व्यवस्थित गर्दै २४सै घण्टा खुला गरिनुपर्ने लगायतका माग गरी पहल गरेको वडाध्यक्ष दवाडीले बताउनुभयो । माडीका जनप्रतिनिधि र दबाब समूहहरुले समेत निकुञ्ज सडक २४सै घण्टा खुला हुनुपर्ने माग गरिआएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij