Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

रविविरूद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा

रविविरूद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा

चितवन : सहारा सहकारीको बचत अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्धको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ।आज बिहान चितवन जिल्लाअदालतमा उपस्थित भएको लामिछानेविरूद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा परेको हो ।

बहसमा सुरूमा सरकारी वकिलहरू, त्यसपछि जाहेरवाला सहकारी पीडितपक्षका वकिल र अन्तिममा प्रतिवादी पक्षका वकिलहरूले गरेका छन्।मंगलबार सरकारी वकिलको कार्यालयले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलनमा सभापति लामिछानेसहित ३२ जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो।

१२ जनालाई संगठित अपराध र ठगीको मुद्दा दर्ता भएको छ भने अन्यलाई ठगीमामात्रै मुद्दा चलाइएको छ। गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रहेका लामिछानेलाई ठगीको मुद्दामात्रै चलाइएको छ।

जिल्ला प्रहरीले भने रविलाई पनि दुवै मुद्दाको माग दाबी गरेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। साहारा चितवन सहकारीबाट गोरखा मिडियामा १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ गएको देखिएको छ।

मुद्दा दर्ता भएकै दिन जिल्ला सरकारी वकिलको कार्यालय, चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलको काठमाडौंमा काम सरुवा गरिएको थियो ।कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतमा उनीविरुद्ध संगठित अपराधको कसुरमा पनि मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij