Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

प्रगति पाठशाला कुरिनटारले मनायो १९ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस

प्रगति पाठशाला कुरिनटारले मनायो १९ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस

कुरिनटार :  प्रगति पाठशाला कुरिनटारले आफ्नो १९ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको छ । बागमती प्रदेशका बन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालको प्रमुख आतिथ्यतामा एक समारोहकाबिच बार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको हो।कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया सिलवाल,प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतको विशिष्ट तथा वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती, वडा नम्बर ३ का वडाध्यक्ष नरबहादुर नेपाल,पूर्व शिक्षक तथा साहित्यकार कृष्णप्रसाद पोखरेल,इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख  निरला भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि  वनमन्त्री सिलवालले  संस्थागत विद्यालय स्थापनाको उद्देश्य सार्वजनिक विद्यालयसँग प्रतिष्पर्धा  गरेर गुणस्तरीय शिक्षा प्रदान गर्नका निम्ति भएको बताउनुभयो । अब संस्थागत विद्यालयले सार्वजनिक विद्यालयसँग नजिक रहेर सिक्ने र सिकाउने कार्य गर्नुपर्ने बताउनुभयो । यस प्रगति पाठशालाले धेरै  डाक्टर, इन्जिनियरहरू जन्माइसकेको उल्लेख गर्दै विद्यालयको उज्ज्वल भविष्यको कामना गर्नुभयो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल टंक त्रिपाठीले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । एसइई तथा आधारभूत परिक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरेका थिए  । साथै उत्कृष्ट नतिजा  ल्याउने विषयगत शिक्षकहरुलाई पनि नगदसहित पुरस्कृत तथा सम्मान गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा विद्यार्थी,शिक्षक र अभिभावकहरुले विभिन्न सांस्कृतिक प्रस्तुति  तथा प्रगति स्काउट ट्रुपले पिटी तथा पिरामिट प्रदर्शन गरेका थिए । साथै कार्यक्रममा साहित्यकार कृष्णप्रसाद पोखरेलले कविता र अभिभावक महेन्द्र डल्लाकोटीले बाल गीत प्रस्तुत गर्नुभएको थियो ।

सहायक प्रिन्सिपल ईश्वरविलास अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने शिक्षक सुदर्शन कट्टेलले  कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।विद्यालय संचालक समितिका अध्यक्ष ध्रुब त्रिपाठीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट