Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

इच्छाकामनमामा ट्राफिक शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

इच्छाकामनमामा ट्राफिक शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

इच्छाकामना  ः चितवनको इच्छाकामनमा सवारी  दुर्घटना न्यूनिकरण र ट्राफिक सचेतना  अभिवृद्धिका लागि ट्राफिक  शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख  प्रहरी निरिक्षक गायत्रीराज शर्माले ट्राफिक नियमबारे  सचेतना प्रत्येक नागरिक सम्म पु¥याउनका लागि  प्रत्येक विद्यालयका एक जना शिक्षकलाई  प्रशिक्षण दिने अभियान सञ्चालन गरिएको  बताउनुभयो।

जनशक्तिका कमीका कारण प्रत्येक नागरिक सम्म  सचेतना पु¥याउन असहज भइरहेको अवस्थामा शिक्षक मार्फत विद्यार्थी हुदैँ प्रत्येक घर÷घरमा पु¥याउने उदेश्यले यो अभियान सञ्चालन गरिएको उहाँको भनाई छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सवारी साधन दुर्घटनाको अवस्था  बढ्दो कहाली लाग्दो रहेको  बताउनुभयो ।  दुर्घटना न्यूनिकरणका लागि सबै नागरिक सेचत भएर लाग्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ हामी बर्दीधारक प्रहरी हौँ भने तपाईहरु विनावर्दीधारक प्रहरी हुनुहुन्छ, सबै नागरिकको भूमिका आवश्यक हुन्छ । ’ सवारी चालकको मात्र नभई सडक प्रयोग गर्ने पैदल यात्री जोसुकैको पनि मानवीय कमजोरीका कारण दुर्घटना हुन सक्ने  उहाँको भनाई छ । सवारी  दुर्घटना न्यूनिकरण र ट्राफिक सचेतना  अभिवृद्धिका लागि सबै नागरिकसँग पु¥याउन साझेदारको प्रयास स्वरुप एक विद्यालयमा एक ट्राफिक शिक्षक  होस् भन्ने उदेश्य रहेको बताउनुभयो ।

साथै सडक राम्रो हुदैँमा  दुर्घटना कम नहुने उहाँको भनाई  छ । भरतपुरमा  राम्रो भएपनि दैनिक ८÷१० वटा दुर्घटना भइरहेकोले  सावधानी अपनाएर सवारी चलाउन आवश्यक रहेको  बताउनुभयो ।

शिक्षक ज्ञानुदेवी पाण्डेले  निकै महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा ट्राफिक प्रहरी कार्यालय चितवनलाई धन्यावाद दिनुभयो । हप्ताको एक दिन विद्यालयमा ट्राफिक नियम सचेतनाबारे कक्षा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले  हप्ताको एक दिन भएपनि प्रत्येक विद्यालयमा कक्षा सञ्चालन गर्दा विद्यार्थी मार्फत प्रत्येक घरघरमा पुग्ने बताउनुभयो । यसबाट दुर्घटनामा कमी आउने विश्वास व्यक्त गर्नुभयो । आगमी दिनमा आवश्यकता अनुसार यस्ता तालिमका लागि गाउँपालिकाले समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेत  विभिन्न सुरक्षानिकायका प्रतिनिधिहरु पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट