Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

भरतपुरमा शुरु भयो पाठेघरको मुखमा हुने क्यान्सर विरुद्दको खोप अभियान

भरतपुरमा शुरु भयो पाठेघरको मुखमा हुने क्यान्सर विरुद्दको खोप अभियान

चितवन : चितवनको भरतपुरमा पाठेघरको मुखमा हुने क्यान्सरको रोकथामको लागि किशोरीहरुमा खोप अभियान शुरु गरिएको छ। भरतपुर महानगरको स्वास्थ्य महाशाखाले आज एक कार्यक्रमको आयोजना गरी खोप अभियानको शुरु गरेको हो।भरतपुरका १६ हजार ५ सय छोरीहरूलाई पाठेघरको मुखको क्यान्सरको रोकथामका लागी खोप अभियान शुरु गरिएको जनस्वास्थ्य अधिकृत केशव भट्टले जानकारी दिए।

आज बाट शुरू भई १० दिन सम्म चल्ने सो अभियानको भरतपुर महानगर प्रमुख रेनु दाहालले शुभारम्भ गर्नुभएको हो। सो अवसरमा प्रमुख दाहालले यो अभियानमा सहभागी भइ रोग प्रतिरोधात्मक बन्न सबै छोरीहरुलाइ आग्रह गर्नुभयो। यो अभियान संचालनको लागि सबै बिधालयमा महानगरको स्वास्थ्य टिम जानेछ।

जसमा जसमा २ सय जना स्वास्थ्यकर्मी र ७ सय जना महिला स्वास्थ्य स्वयंसेबिका सहितको टोली परिचालित हुने स्वास्थ्य महाशाखा प्रमुख दीपक सुवेदीले जानकारी दिए।खोप अभियानमा भरतपुरका ६-१० कक्षा सम्म अध्यनरत छोरीहरूले लाभ लिनेहुदा आफ्ना बिधार्थीलाई सहजिकरण गर्न सबै बिधालयलाई आग्रह समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट