Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

मारवाडी सेवा केन्द्र नारायणगढद्धारा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

मारवाडी सेवा केन्द्र नारायणगढद्धारा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

चितवन : मारवाडी सेवा केन्द्र नारायणगढले सिद्धी जनकल्याण आधारभुत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित उक्त विद्यालयलाई केन्द्रका हालै निर्वाचित कार्यसमितिले शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको हो ।

आज सरस्वती पुजाका अबसर पारेर विपन्न विद्यार्थीलाई लक्षित गरी सामाग्री वितरण गरेको केन्द्रका नवनिर्वाचित उपाध्यक्ष बिकास बर्माले जानकारी दिनुभयो । ‘शहरको नजिकै अतिविपन्न विद्यार्थी पढ्ने विद्यालय रहेछ भन्ने थाहा पायौं उपाध्यक्ष बर्माले भन्नुभयो, हाम्रो सानो आर्थिक सहयोगले उनीहरुको पढाईमा मदत पुग्छ भन्ने हाम्रो उद्धेश्य हो ।’

उहांँका अनुसार सो विद्यालयका १२० जना बिधार्थी लाई शैक्षिक सामाग्री एवं खेलकुद सामाग्री बितरण गरिएको हो ।, आगामी दिनमा पनि केन्द्रले विभिन्न संस्गालाई यस्तै सहयोग गर्दै जाने बर्माले बताउनु भयो ।

सेवाकेन्द्र का अध्यक्ष पंकज अग्रवालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सदस्य बिनु रायमाझी , बिशिष्ठ अतिथि नेपाल मारवाडी राष्टिय परिषदका केन्द्रिय उपाध्यक्ष उमाशकर अग्रवाल , अतिथिहरु मारवाडी सेवा केन्द्र का पुर्ब अध्यक्ष प्रमोद चाचान , बिद्यालय ब्य्बस्थापन समितीका अध्यक्ष सालिकराम सापकोटा प्रधानाध्यापक कमला पौडेल ,लगायतराउण्ड टेबलका अध्यक्ष एवं पूर्व अध्यक्षको सहभागिता रहेको थियो ।

सेवा केन्द्रका उपाध्यक्ष बिकास बर्माले स्वागत मन्त्ब्य राख्नु भएकोे कार्यक्रम निरज अग्रवालले सञ्चालन गर्नु भएको हो । कार्यक्रममा सेवा केन्द्रका सचिब तथा कार्यक्रम सयोजक सुशिल अग्रवाल , कार्यसमिती सद्स्य प्रदिप अग्रवाल अशोक अग्रवाल ,मदन लाल पोद्दार मुकेश अग्रवाल दिलिप डागा , हितेश लखोटिया लगायत को उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट