नेपालमा डोङफेङ ईभीको आधिकारिक वितरक एमडब्ल्यु वृध्दिले आइतबार साँझ भरतपुरमा एक कार्यक्रमबिच नामी ईभी सार्वजनिक गरेको छ ।उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ, युरो अटोमोटिभका प्रबन्ध निर्देशक कपिलसागर कर्माचार्य, एमएडब्ल्यु वृद्धि मोटर्सका बिजनेस हेड प्रसन्न पन्त र बिक्री प्रमुख राजेन्द्र सिग्देल लगायतले नामी सार्वजनिक गरेका हुन् ।
ह्याचब्याक सेगमेन्टको नामी ईभीका तीन मोडेलको मूल्य ३० लाख २४ हजारदेखि ३५ लाख ९९ हजार रुपैयाँसम्म छ । ग्राहकहरुमा थप उत्साह भर्न एमएडब्ल्यु वृद्धि मोटर्सले सोमबारदेखि बुधबारसम्म भरतपुरमा एक्सचेन्ज र टेष्ट ड्राइभ क्याम्पको आयोजना गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij