चितवन : स्वास्थ्यकर्मी भन्दा पनि बीमाकर्मी भन्न रुचाउछन् सूर्यज्योति लाइफका सफल जीवन बीमा अभिकर्ता ‘डा. प्रकाश वाग्ले’ । पेशाले हाड जोर्नी फिजियो थेरापिष्ट वाग्लले बीमामा अथाह मेहनत र संघर्ष गरे मानविय सेवा सहित आर्थिक उन्नतीको आधार भएको बताए । “ मलाई बच्चा देखि नै समाजको लागी केही गरौं भन्ने लाग्थ्यो । जीवन बीमाको अभिकर्ता पेशाबाट मेरो भावना कदर हुन्छ भन्ने ठाँने” उनले भने, “स्वास्थ्य क्षेत्रबाट केहि समय बाहिरिएरै भएपनि एमडीआरटीका लागि छनोट हुन्छु ।” अभिकर्ता पेसामा लागेपछि डा. प्रकाश वाग्लेको जीवनशैली फेरिएको बताए । उनले विचार र सोचाइमा यो पेसाले धेरै परिवर्तन ल्याएको बताए । धेरै नेपालीहरु विदेशिन बाध्य छन् तर उनले नेपालमा नै बसेर मनग्य आम्दानी गर्न सकिने पेसाका रुपमा जीवन बीमा पेशालाई लिन्छन् ।

३५ वाट प्राण घातक रोग विरुद्धको सुरक्षा, कम रकममा ठुलो बीमा हुने सही प्लान, चौरासी प्लान लगायत विभिन्न १६ वटा बीमा योजनाहरु आँफु आवद्ध कम्पनी सूर्यज्योति लाइफमा रहेको उनले बताए । उनिसंग पेसा निकै सहज र चुनौतीपूर्ण समेत रहेको अनुभव छ ।
अभिकर्ता पेसा गाह्रो नहुने, धेरै समय खर्चिन नपर्ने तर धेरै आम्दानी गर्न सकिने पेशा हो । उनले भने, “अभिकर्ता सामाजिक एवम् मानविय पेसा हो । सबैले बीमा गरौं जोखिम र आर्थिक सुरक्षाका लागि बीमाले काम गर्छ । ” डा.वाग्ले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij