Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

उद्योग वाणिज्य संघ–चितवनले ६५ औं स्थापना दिवस मनायो

उद्योग वाणिज्य संघ–चितवनले ६५ औं स्थापना दिवस मनायो

भरतपुर :उद्योग वाणिज्य संघ–चितवनले आज विविध कार्यक्रमको आयोजना गरि ६५ औं स्थापना दिवस मनाएको छ । संघको सचिवालयमा औपचारिक कार्यक्रम सहित ६५ वटा दिप प्रज्ववलन गरी स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले २०१६ सालमा स्थापित उद्योग वाणिज्य संघ चितवनलाई आजको अवस्थामा ल्याइपु¥याउनको लागि अग्रजहरुले खेल्नुभएको भूमिकाको प्रशंसा गर्दै संघ अग्रजहरुको मार्गनिर्देशन र सरसल्लाह बमोजिम अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले यस क्षेत्रको सामाजिक आर्थिक र व्यवसायिक विकासका साथै संघमा आवद्ध सदस्यहरुको आवश्यकतालाई ध्यानमा राखेर कार्य गर्ने बताउनुभयो । शुभकामना मन्तब्य व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले स्थापना दिवसको अवसरमा संघमा आवद्ध सम्पूर्ण सदस्यहरुको व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि संघका पूर्व अध्यक्ष महेन्द्रलाल प्रधानले विगतका दिनहरुलाई स्मरण गर्दै नेपाल उद्योग वाणिज्य महासंघको स्थापना हुुुनुभन्दा पहिलानै परिकल्पना गरिएको यस संघले लामो यात्रा पार गर्न सफल भएको बताउनु भयो । उहा“ले व्यवसायीको हक, हितको संरक्षण, संबद्र्धन र प्रवद्र्धन गर्दै व्यवसायिक ऐक्यवद्धता जाहेर गर्ने उद्देश्यले स्थापित उद्योग वाणिज्य संघ चितवन आज यस क्षेत्रको सामाजिक, आर्थिक एवम् सांस्कृतिक विकासको संवाहकको रुपमा स्थापित भएको बताउँदै अग्रज लगायत पूर्व कार्यसमिति र वर्तमान कार्यसमितिलाई हार्दिक आभार ब्यक्त गर्नुभयो ।

सोहि कार्यक्रममा बोल्दै संघका पुर्व अध्यक्ष उत्तमलाल चुकेलले उद्योग वाणिज्य संघ–चितवनले गरेका पुराना कार्यहरुको स्मरण गराउँदै संघले व्यवसायीहरुको हक, हितका साथै चितवन जिल्लालाई विकास गर्ने क्रममा भौतीक पुर्वधार निर्माण गर्ने कार्यमा समेत अग्रणी भुमिका खेलेको बाताउनु भयो ।

सोही कार्यक्रममा निर्माण सामाग्री हार्डवेर व्यवसायी संघका अध्यक्ष नरहरी घिमिरेले संघको स्थापना दिवसमा वोल्ने अवसर दिएकोमा संघलाई धन्यवाद दिदै उहा“ले व्यवसायीहरुको हक हितको लागि लागेकोमा संघ प्रति हार्दिक आभार व्यक्त गर्दै चितवन महोत्सव सफलताका साथ सम्पन्न गरेकोमा संघलाई बधाई ज्ञापन गर्नुभएको थियो । स्थापना दिवसको कार्यक्रममा संघले ६५ वटा दिप प्रज्वलन गरेको थियो । साथै सोही कार्यक्रममा चितवन महोत्सवमा योगदान पूर्याउनुहुने संघ संस्था लगायत व्यक्तित्वहरुलाई मायाँको चिनो एवम् प्रशंसा पत्र वितरण गरिएको थियो ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष देशीराम प्रधान, उत्तमलाल चुके ,काल्याण जाशी, राजन गौतम, सहनलाल प्रधान, राजु श्रेष्ठ, निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठ लगायत संघका पदाधिकारी, कार्यसमिति सदस्य, वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधि, संघका कर्मचारी एवम् साधारण सदस्य लगायतको उपस्थिति रहेको थियो उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा भएको स्थापना दिवसको कार्यक्रम वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट