Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

धार्मिक तथा पर्यटनको ‘हब’ बन्दै माडीको वैकुण्ठेश्वरधाम

धार्मिक तथा पर्यटनको ‘हब’ बन्दै माडीको वैकुण्ठेश्वरधाम

माडी : धार्मिक, ऐतिहासिक तथा प्राकृतिक मह¤व बोकेको चितवनको माडी–८ स्थित वैकुण्ठेश्वरधाम चितवनवासीहरुले गौरव गर्ने एउटा मह¤वपूर्ण स्थानको रुपमा रहेको छ । सो क्षेत्रनजिकै वैकुण्ठ तालसमेत रहेको छ । साथै यस क्षेत्रमा शिवालय मन्दिर, रामसीता मन्दिर, अजिङ्गरे छहरा, पिकनिक स्थल छन् ।

मङ्सिर कृष्ण चतुर्दशीका दिन परिवारभित्रका सदस्यको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोमिश्रित शतबीज मन्दिरवरपर छर्ने चलन रहेको र त्यो बेला माडीमा मात्रै नभएर चितवनका विभिन्न ठाउँ र छिमेकी जिल्लाका साथै भारतीय क्षेत्रबाट पनि भक्तहरु आउने गरेको माडी–८ का पूर्ववडाध्यक्ष एवं वैकुण्ठ क्षेत्र विकासका अगुवा कृष्णराज अधिकारी बताउँछन् ।

धान, मकै, गहुँ, जौलगायतका अन्नहरु छर्दा मनोकामना पूरा हुने, र आफू मरेपछि पनि भोको रहनु नपर्नेजस्ता धार्मिक जनविश्वास रहँदै आएको छ । यसैगरी, १०८ वटा शिवलिङ्गको निर्माणसमेत गरिएको छ । शिवलिङ्गको दर्शन गर्नाले हिन्दुधर्ममा सन्तान नभएकालाई सन्तान प्राप्त हुने, परिवारमा सुमधुर र माधुर्यता छाउने जनविश्वास रहेको छ । यसो गर्नाले पितृलाई अन्नको कमी नहुने र उनीहरुले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ ।

मङ्सिर कृष्ण त्रयोदशीका दिन साँझबाट भोलिपल्ट सतबीज छर्ने बेलासम्म आफ्ना पितृको नाममा बत्ती बाल्ने गरिन्छ । यस क्षेत्रलाई ऋषिमुनिले तपस्या गरेको, अष्टबक्र जन्मेको क्षेत्रको रुपमा लिइन्छ । बराह पुराणमा वैकुण्ठ तीर्थमा स्नान गरेमा पाप नाश हुने उल्लेख छ । श्रीराम वनवास जाने क्रममा यो क्षेत्रमा स्नान गरेको धार्मिक कथन छ ।

यहाँ थुप्रै कलाकृतिबाट निर्मित एवं प्राकृतिक दृश्यहरु पाउन सकिन्छ । भरतपुर–माडी–ठोरी हुलाकी सडकको खरकट्टाबाट दक्षिणतर्फ छ यो ठाउँ । माडीको खरकट्टास्थित वैकुण्ठचोकबाट करिब साढे तीन किलोमिटरको दूरीमा वैकुण्ठ मेला लाग्ने स्थल पुगिन्छ । मेला लाग्ने स्थलबाट करिब २० मिनेटको पैदलयात्रापछि ताल हेर्न पाइन्छ । वैकुण्ठ ताल, धनलक्ष्मी छहरोजस्ता प्राकृतिक तालतलैया पनि यहाँ छन् । घाँघरखोलाको शिरमा रहेको यो तालको शिरमा दुई छहरा छन् । चारैतिरको हरियालीले तालको दृश्यलाई नै लोभलाग्दो बनाएको छ । तालको दक्षिणतर्फ मनै लोभ्याउने गुफा छन्, धनलक्ष्मी छहरा छ, खोली दोभान छन् ।

जंगलको हरियालीको बीचमा सानो तलाउ छ । तालमा स्नान गरेर पर्यटकले मन्दिरमा पूजापाठ गर्छन् । कतिपयले तालमा नुहाउँदै रमाइलो गर्छन् । वनभोज खाने स्पटको व्यवस्था पनि छ । झरनालाई क्यामेरामा कैद गर्न सकिन्छ । अधिकांश पर्यटक गर्मी छल्न तालमा पुग्ने गर्छन् । जंगलको हरियालीको बीचमा सानो तलाउ छ । माथिबाट सानो छाँगो झरेको छ, जसले गर्दा ताल अकर्षक देखिन्छ । माडी–८ स्थित वैकुण्ठ सामुदायिक वनभित्रको वैकुण्ठेश्वर ताल पछिल्लो समय माडीको पर्यटकीय तथा धार्मिक गन्तव्य बन्दै गएको पर्यटन विकास समितिका अध्यक्ष राजकुमार परियारले बताए ।

माथिबाट सानो छाँगो झरेको छ । करिब २०३५ सालतिर घाँस–दाउरा काट्न जाने क्रममा फेला परेको यो ताल ३२ मिटर गहिराइको छ । चारैतिर चुरेले घेरेको माडी उपत्यका रमणीय छ । यहाँका खोलानालाले आगन्तुकलाई लोभ्याउने गर्छन् । ‘वैकुण्ठ ताल र छहरोको बीचमा दुई खोली दोभान भन्ने सुन्दर ठाउँ छ । चमेरे गुफा छ । आकर्षक चट्टानहरु पनि छन् । यस्तो ठाउँलाई समेटेर एकीकृत योजना बन्दै छ । वैकुण्ठ ताल क्षेत्रमा पनि फनपार्क, बुद्धको मूर्ति, बोटिङ गर्न मिल्ले ताल बनाउनेजस्ता योजनाहरु छन्’, उनले भने । वैकुण्ठ तालभन्दा तल सानो खोला छ । खोलामा ड्याम बाँधेर डुङ्गा सयर गर्ने ताल बनाउन लागेको उनले बताए । झरनाप्रति मान्छे निकै आकर्षित हुन्छन् । धेरैले नसुनेको जंगलभित्रै छोपिएर बसेको धनलक्ष्मी छहरो भोलि मह¤वपूर्ण पर्यटकीय आकर्षण बन्ने उनको आशा छ ।

माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले धार्मिक पर्यटकीयस्थलको संरक्षण र प्रवद्र्धनमा सहकार्य गर्न तयार रहेको बताइन् । माडी धार्मिक पर्यटकीय नगरी भएको बताउँदै उनले ऐतिहासिक मह¤व बोकेको धार्मिकस्थलको संरक्षण र व्यवस्थापनमा नगरपालिकाले सक्दो प्रयास गरिरहेको बताइन् ।

माडी आदिवासी थारु समुदायको बाहुल्य रहेको चितवनको पुरानो बस्ती हो । यहाँ पुराना थारु गाउँबस्ती अझै छन् । निकुञ्ज र सोमेश्वर जंगलमा दुर्लभ वन्यजन्तु गैँडा, बाघ, जंगली हात्ती छन् । सोमेश्वर कालिका, गोद्धक, परशुराम कुण्ड र वाल्मीकि आश्रमजस्ता धार्मिक क्षेत्र माडीमै पर्दछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट