Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

भरतपुरमा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु

भरतपुरमा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु

चितवन : भरतपुर –१६ विजयनगर चोकमा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । हिजो मंगलबार बेलुका ६ः२० बजेको समयमा नयाँबस्तीबाट विजयनगरतर्फ जाँदै गरेको ना ५७ प १९४१ नम्बरको स्कुटरले विजयनगर बस्ने ८१ वर्षीय नन्दकला पौडेललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा गएराति १२ः४९ बजे मृत्यु भएको प्रहरीले बताएको छ । स्कुटर चालक भरतपुर–१७ बस्ने वर्ष ३९ को टंक प्रसाद सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट