Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

चितवनमा हिउँ चितुवाको आखेटोपहारसहित दुई जना पक्राउ

चितवनमा हिउँ चितुवाको आखेटोपहारसहित दुई जना पक्राउ

चितवन : संरक्षित वन्यजन्तु हिउँ चितुवाको आखेटोपहारसहित दुई जनालाई पक्राउ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले उनीहरूलाई मङ्गलबार पक्राउ गरेर आज सार्वजनिक गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्जका कर्मचारी र नेपाली सेनाको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई भरतपुर महानगपालिका – १० बाट पक्राउ गरेको हो । अभियुक्तहरूलाई अनुसन्धानका लागि निकुञ्जको हिरासतमा राखिएको छ । उनीहरूलाई वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) बमोजिम कारबाही हुने सूचना अधिकारी थापामगरले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट