चितवन : नारायणी नदीमा एक पुरुषको शव फेला परेको छ। बुधबार बिहान ७:४० बजेको समयमा नारायणी नदीको तिरमा अन्दाजी ४०–४५ वर्ष उमेरका पुरुष डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। शवको नाम, ठेगाना र पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान र मुचुल्का उठाउने काम भइरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij