Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

चितवनको माडीमा चक्कु प्रहारबाट एक व्यक्ति गम्भीर घाइते

चितवनको माडीमा चक्कु प्रहारबाट एक व्यक्ति गम्भीर घाइते

चितवन : चितवनको माडी नगरपालिका–१ पाण्डवनगरमा धारिलो हतियार चक्कु प्रहारबाट एक व्यक्ति गम्भीर घाइते भएका छन् । सोमवार साँझ ७ बजेको समयमा सामान्य वादविवादका कारण स्थानीय ५० वर्षीय पूर्णबहादुर भन्ने पुरुषोत्तम लामिछानेले सोहि ठाउँका ३५ वर्षीय भरत बोटलाई चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

चक्कु प्रहारबाट बोट गम्भीर घाइते भएका छन् भने चक्कु प्रहार गर्ने लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । गम्भीर घाइते बोटलाई उपचारका लागि सुरुमा माडीकै बघौडा अस्पताल लगिएको थियो । थप उपचारको लागि सोमवार राति नै ९ः४० बजे भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट