चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको विकास लागि राज्यले विशेष रुपले सोच्नुपर्ने बताउनुभएको छ । आज(बिहिबार)चितवनको माडी नगरपालिका १ बनकट्टामा रहेको बोटे सामुदायिक होमस्टे पुग्नुभएका अध्यक्ष प्रचण्डले बोटे समुदायलाई आदीवासी जनजातीमा राखेको हुनाले राज्यले विशेषरुपले सोच्नुपर्ने बताउनुभएको हो ।
अध्यक्ष प्रचण्डले भन्नुभयो,“बोटे समुदायलाई आदीवासी जनजातीमा राखेको हुनाले बोटे जातीको विकासका लागि राज्यले अली विशेष किसिमले सोच्नुपर्छ भन्ने म ठान्दछु,मैले सक्दो आफ्नो ठाउँबाट मदत गर्छु ”
साथै अध्यक्ष प्रचण्डले बोटे समुदायको प्रगति भएको बतउनुभयो ।उहाँले भन्नुभयो,“तपाईहरु जो नदीको तीरमा बसेर डुङ्गगा चलाएर जिविकोपार्जन गर्नेबाट अहिले होमस्टे चलाएर पर्यटकहरुलाई आकर्षित गर्ने ठाउँमा पुग्नुभएको छ, पक्कै पनि यो तपाइहरुको समुदायको प्रगति हो । ”
चितवनको माडी नगरपालिका १ बरुवामा रहेको सोमेश्वर माध्यमिक विद्यालयको स्वर्णजयन्तीको समुद्घाटनका लागि माडी पुग्नुभएका अध्यक्ष प्रचण्डलाई बोटे सामुदायिक होमस्टेमा स्थानीयले स्वागत गरेको थिए ।
सो अवसरमा बोटे समुदायका अगुवाहरुसँग संक्षिप्त कुराकानी गर्नुभएको थियो । बोटे समुदायका अगुवाहरुले बोटे समुदायको सांस्कृतिक घर निर्माण आवश्यक रहेको बताएका थिए । अध्यक्ष प्रण्डले बोटे समुदायको सांस्कृतिक घर बनाउनका लागि आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।बोटे समुदायको राजधानीको रुपमा चिनिने यो गाउँमा स्थानीयहरुसगैँ बसेर बोटे समुदायको परिकार खाने अवसर दिएकोमा धन्यावाद दिनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij