Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

अटोमा मोटरसाइकल ठोक्किँदा चार जना घाइते

अटोमा मोटरसाइकल ठोक्किँदा चार जना घाइते

कालिका : कालिका नगरपालिका वडा नं–८, कालिका मन्दिरस्थित भित्री सडकखण्डमा अटोमा मोटरसाइकल ठोक्किँदा चार जना घाइते भएका छन् । जुटपानी चोकबाट न्युरेनीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ह ४२३ नम्बरको अटोमा शक्तिखोरबाट जुटपानीतर्फ आउँदै गरेको ना ५७ प १६७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक कालिका वडा नं १० बस्ने १८ वर्षीय मिलन तामाङ, मोटरसाइकलपछाडि सवार सोही ठाउँका १५ वर्षीय सुजन तामाङ, अटो चालक कालिका ६ बस्ने ३३ वर्षीय होमबहादुर गुरूङ र अटोमा सवार सोही ठाउँ बस्ने सन्तोष तामाङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, अटो चालकलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुरमा पठाइएको र अन्य घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुवै सवारीसाधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट