Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला

नवलपरासी : चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा भाले गैँडा मृत फेला परेको छ । नवलपुरको देवचुलीमा रहेको शिसवार मध्यवर्ती क्षेत्रको नारायणी नदिमा पर्ने पिप्रहर घाटको पारी निकुञ्ज भित्र अन्दाजी २३ वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।

थापाका अनुसार दुईवटा गैँडा एक आपसमा जुध्ने क्रममा गैँडा मरेको हो । मृत गैँडाको खाग र खुर सुरक्षित रहेको सूचना अधिकारी थापाले बताए । यो सँगै चालू आवमा मृत्यु हुने गैँडाको संख्या १३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट