Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

यस्तो छ तपाइको आजको राशिफल

यस्तो छ तपाइको आजको राशिफल

 

मेषAries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

धनमा वृद्धि हुनेछ। आफन्तहरूबाट सहयोग पाइनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। बोलिको माध्यमले कार्य सिद्ध गर्न सकिनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।

वृषTaurus

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

रोकिएको कार्य बन्नाले नयाँ कार्यतर्फ अग्रसर भइनेछ। धन आर्जनका नयाँ योजनाहरू अगाडी बढ्नेछन्। गोप्य कुराहरू बाहिरिनाले समस्या आउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

मिथुनGemini

का, कि, कु, घ, ङ, छ, के, को, हा

अनावश्यक कार्यमा सहभागी जानइनेछ। कडा मेहनतले मात्रै गरिएको कामबाट लाभ प्राप्त होला। आफू कमजोर भएको अनुभूति हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कर्कटCancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

विपरीत परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। आलस्यले गर्दा बनिरहेको कार्यमा बाधा आउनेछ। कला वा साहित्यको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

सिंहLeo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। दिएको ऋण फिर्ता लिने समय रहेको छ। अरुको झैँ झगडामा नपर्नुहोस्। बोलीमा प्रभाव बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

कन्याVirgo

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

नयाँ कार्यको रूपरेखा बन्नेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ उठाउन सकिनेछ। शुभचिन्तकहरूको सहयोग र मार्गदर्शन प्राप्त हुनेछ। आजका शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

तुलाLibra

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

स्वास्थ्यलाई लिएर सजगता अपनाउनुहोस्। आफन्तहरू मध्य वैचारिक मतभेदको सम्भावना रहेको छ। परोपकारी कार्यतर्फ अग्रसर भइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिकScorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु

अध्ययन वा सिर्जनात्मक क्षेत्रमा प्रगति हुनेछ। धर्मकर्ममा मन लाग्नेछ। पहिला प्राप्त भएको सफलताले थप हौसला जगाउनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

धनुSagittarius

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

कार्यक्षेत्रमा अतिरिक्त कार्यको जिम्मेवारी मिल्नेछ। राजनीतिक क्षेत्रमा गरेको कामको चर्चा हुनेछ। पिताको सहयोगले अड्केको कार्य बन्नेछ। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ६ रहेको छ।

मकरCapricorn

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

आर्थिक दृष्टिले आजको दिन राम्रो रहनेछ। कानुनी मुद्दा मामिलाहरूमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा समयमा कार्यसम्पादन हुनाले मनोबल उच्च रहनेछ। जीवनसाथीसँग मनमुटावका योग छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भAquarius

गु, गे, गो, सा, सि, सु, से, सो, दा

व्यापारमा सफलता हात लाग्नेछ। काम गर्ने जोस जागरमा कमी आउन सक्छ। पठनपाठनमा र बौद्धिक स्तरमा प्रगति होला। ठेक्कापट्टाको कार्यबाट राम्रो लाभ मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

मीनPisces

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

कार्यक्षेत्रमा पुरानो समस्या आइलाग्नेछ। अनावश्यक धन खर्चले मन अप्रसन्न रहनेछ। व्यापार व्यवसायलाई लिएर बनाइएका योजनाहरू स्थगित गर्नुपर्ला। आध्यात्ममा रुचि बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट