Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

इमकला चापागाईंको १३औं दिनको पुण्य तिथिमा रक्तदान कार्यक्रम हुने

इमकला चापागाईंको १३औं दिनको पुण्य तिथिमा रक्तदान कार्यक्रम हुने

काठमाडौं : नवगठित लायन्स क्लब अफ माडी इको, ब्लड डोनर्स सोसाइटी नेपाल भरतपुर नगर कमिटि र चापागाईं परिवारको संयुक्त आयोजनामा आउँदो पौष २१ गते आइतबार बिहान ८ बजेदेखि भरतपुर–४, कटहरचोकमा रक्तदान आयोजित रहेको हो ।

वडाध्यक्ष चापागाईं सहित रुक्मागत चापागाईं र शोभाखर चापागाईंका आमा ईमकला चापागाईंको गत पौष ९ गते निधन भएको थियो । रक्तदान कार्यक्रममा सहभागी रहन चापागाईं परिवारसहित माडी इको लायन्स र ब्लड डोनर्स सोसाइटीले सार्बजनिक आह्वान गरेको छ ।

माडीसंगै चितवनमा पछिल्लो समय परिवार सदस्यको निधनको शोकमा रहेको परिवारले दिवंगत परिवार सदस्यको स्मृतिमा रक्तदान कार्यक्रम आयोजना गरी सामाजिक योगदान गर्ने कार्य बढ्दै गएको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट