हेटौँडा : बागमती प्रदेश सरकारले प्रदेश प्रशासन सेवा, लेखा समूहका २४८ जना कर्मचारीको एकै पटक व्यापक सरुवा तथा पदस्थापन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको कात्तिक १३ गतेको प्रदेश सचिवस्तरीय निर्णयानुसार वरिष्ठ लेखा अधिकृतदेखि सह–लेखापाल सम्मका कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।
प्रदेश मातहतका विभिन्न मन्त्रालय, निर्देशनालय, डिभिजन कार्यालय,अस्पताल, यातायात व्यवस्था कार्यालय, आयोजना तथा एकाइहरूमा आर्थिक प्रशासनलाई थप चुस्त, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले ठुलो सङ्ख्यामा कर्मचारीहरूको सरुवा र पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले वरिष्ठ लेखा अधिकृत तथा लेखा अधिकृतस्तर ४८ जनाको सरुवा गरेको छ । मन्त्रालयका अनुसार ४८ जना वरिष्ठ लेखा अधिकृत तथा लेखा अधिकृतहरुको सरुवा तथा पदस्थापन सूचीमा यातायात व्यवस्था कार्यालय गुर्जुधारामा कार्यरत लेखा अधिकृत सौमेन्द्र सापकोटालाई भक्तपुर अस्पताल, कृषि विकास निर्देशनालय मकवानपुरकी लेखा अधिकृत रमा कार्कीलाई पूर्वाधार विकास कार्यालय ललितपुर, प्रदेश लेखा नियन्त्रक कार्यालय मकवानपुरकी लेखा अधिकृत सुष्मा पुडासैनीलाई पूर्वाधार निर्देशनालय मकवानपुर तथा प्रकाश खड्कालाई उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय ललितपुरमा पठाइएको छ ।
केशव सुवेदीलाई उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय, काभ्रे, श्रीराम पौडेललाई उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय मकवानपुर, महेन्द्र राउतलाई पूर्वाधार विकास कार्यालय चितवन, विशालकुमार कार्कीलाई पूर्वाधार विकास कार्यालय मकवानपुर, डोरबहादुर खड्कालाई खानेपानी तथा सरसफाइ डिभिजन मकवानपुर, जगन्नाथ घिमिरेलाई पूर्वाधार विकास कार्यालय काभ्रेमा सरुवा गरिएको छ ।
हेमराज भट्टलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, जुना निरौलालाई प्रदेश लेखा इकाई कार्यालय, काठमाडौँ, गुणराज राईलाई सामाजिक विकास कार्यालय, मकवानपुर, सन्तोष राईलाई धादिङ पूर्वाधार विकास कार्यालय, धादिङ, मातृका पोखरेललाई उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय काठमाडौँ, राजन राईलाई भू तथा जलाधार कार्यालय मकवानपुर, कविता पाण्डेलाई यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, कलङ्की, काठमाडौँ, विष्णुप्रसाद आचार्यलाई पूर्वाधार विकास कार्यालय, सिन्धुपाल्चोकमा सरुवा गरिएकाे छ ।
श्रवणकुमार जैसी ढुङ्गानालाई उपत्यका खानेपानी सरसफाइ विकास तथा प्रादेशिक समन्वय कार्यालय भक्तपुर, अनुपा उपाध्यायलाई भू तथा जलाधार कार्यालय ललितपुर, सङ्गीता भण्डारीलाई प्रदेश सुशासन केन्द्र ललितपुर, होमशंकर चौलागाईलाई प्रादेशिक ऊर्जा तथा जलस्रोत विकास समन्वय कार्यालय भक्तपुर, गणेश दाहाललाई यातायात व्यवस्था कार्यालय साना ठुला सवारी, ललितपुर, ऋषिराज पोखरेललाई पूर्वाधार विकास कार्यालय नुवाकोट, विनिता सिंहलाई हेटौँडा अस्पताल मकवानपुर, केशव पोखरेललाई प्रदेश लेखा नियन्त्रक कार्यालय मकवानपुर, रेशम रेग्मीलाई बकुलहर रत्ननगर अस्पताल चितवन, अनिल ढुङ्गानालाई जनस्वास्थ्य कार्यालय, काठमाडौँ, गीता पोखरेल पन्थीलाई यातायात व्यवस्था कार्यालय, मोटरसाइकल, गुर्जुधारा, काठमाडौँ, सिता न्यौपानेलाई प्रदेश लेखा इकाई कार्यालय, काठमाडौँमा सरुवा गरिएको छ ।
त्यसैगरी हेमराज ढुङ्गानालाई प्रदेश लोकसेवा आयोग बागमती प्रदेश, सुनिता भट्टराईलाई यातायात व्यवस्था कार्यालय चाबहिल, काठमाडौँ, सागरकुमार पाठकलाई प्रदेश लेखा इकाई कार्यालय चितवन, विमल पाण्डेलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, विनोद पौडेललाई प्रदेश लेखा इकाई कार्यालय नुवाकोट, राकेश श्रेष्ठलाई सामाजिक विकास कार्यालय ललितपुर, भूपेन्द्र कटुवाललाई सामाजिक विकास कार्यालय काभ्रे, भीम सिंह रावललाई जलस्रोत तथा सिँचाइ विकास डिभिजन, चितवन, विक्रम ठकुरीलाई डिभिजन वन कार्यालय सिन्धुलीमा सरुवा गरिएकाे छ ।
त्यस्तै,ज्ञानबहादुर खड्कालाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मकवानपुर, जनार्दन मिश्रलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, मकवानपुर, कमलबहादुर लामालाई प्रदेश लेखा इकाई कार्यालय काभ्रे, खेमराज पौडेललाई पूर्वाधार विकास कार्यालय सिन्धुली, कुवेर राउतलाई प्रदेश लेखा नियन्त्रक कार्यालय मकवानपुर, केशवराज पौडेललाई सामाजिक विकास कार्यालय धादिङ, किरण पौडेललाई शिक्षा विकास निर्देशनालय, हेटौँडा, किरण केसीलाई कृषि, वन तथा वातावरण मन्त्रालय, मकवानपुर र चन्द्रमणि पौडेललाई प्रदेश लेखा इकाई कार्यालय, धादिङमा पदस्थापन गरिएको छ ।
२०० सहायक लेखा अधिकृत, लेखापाल र सह–लेखापालको सरुवा
मन्त्रालयको २०० जना सहायक लेखा अधिकृत, लेखापाल र सह–लेखापालहरूको सरुवा गरिएको छ । प्रदेश सरकार मातहतका विभिन्न निकायमा जिम्मेवारी दिने गरी उनीहरूको सरुवा गरिएको हो ।
प्रदेश लेखा इकाई कार्यालय काठमाडौँका लेखापाल खिमबहादुर खड्कालाई उपत्यका खानेपानी सरसफाइ विकास तथा प्रादेशिक समन्वय कार्यालय भक्तपुर, सञ्चार रजिस्ट्रार कार्यालय मकवानपुरका लेखापाल सुदिप बमलाई जनस्वास्थ्य कार्यालय भक्तपुर र पूर्वाधार निर्देशनालय मकवानपुरका सहायक लेखा अधिकृत राजु खड्कालाई प्रदेश लेखा इकाई कार्यालय काठमाडौँमा सरुवा गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij