Logo

Nov 01 2026 | २०८३, कार्तिक १६गते

पहिरो पन्छाएर बीपी राजमार्ग खुलाइँदै

पहिरो पन्छाएर बीपी राजमार्ग खुलाइँदै

काठमाडौं : पहिरो पन्छाएर बीपी राजमार्ग खुलाउने प्रयास सुरु भएको छ। शुक्रबार र शनिबार परेको अविरल वर्षाको कारण राजधानी काठमाडौँ आवतजावत गर्ने बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेको छ।सडकमा पहिरो र लेदो थुप्रिँदा शनिबार बिहानैदेखि बीपी राजमार्गमा गाडी चल्न सकेका छैनन्। काभ्रेको रोसी गाउँपालिका–७ गिम्दीबेँसीमा आइतबार बिहानदेखि डोजरको सहायतामा सडकको पहिरो पन्छाउन सुरु गरिएको प्रहरीले जनाएको छ। पानी पर्न रोकिएपछि पहिरो पन्छाउन थालिएको हो।

त्यसैगरी बाढीपहिरोको कारण ललितपुर र मकवानपुरमा कान्ति लोकपथ पनि अवरुद्ध छ। ललितपुरको बागमती गाउँपालिका-३ पान्दु र टार्कुचेमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट