Logo

Nov 01 2026 | २०८३, कार्तिक १६गते

देश ठुलो सङ्कटतर्फ उन्मुख भएको सङ्केत देखिँदैछ : डा. बाबुराम भट्टराई

देश ठुलो सङ्कटतर्फ उन्मुख भएको सङ्केत देखिँदैछ : डा. बाबुराम भट्टराई

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशमा बढ्दो भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको आन्तरिक द्वन्द्व र राज्यका प्रमुख निकायमा देखिएको अस्तव्यस्तताले देश ठुलो सङ्कटतर्फ उन्मुख भइरहेको सङ्केत गरेको बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले सत्तारूढ र प्रतिपक्षी दलभित्र चर्कँदो अन्तरसंघर्ष, न्यायालय, प्रशासन र प्रहरीलगायत राज्यका प्रमुख अङ्गमा देखिएको अव्यवस्था तथा अर्थतन्त्रको निरन्तर ओरालो यात्राले देशको अवस्था थप जटिल बन्दै गएको बताएका हुन् । 

‘देशमा बढ्दो भूराजनीतिक चलखेलको पृष्ठभूमिमा सत्ताधारी र प्रतिपक्षी दलहरूभित्रै चर्कँदो अन्तरसंघर्ष, राज्यका प्रमुख अङ्गहरू न्यायालय, प्रशासन, प्रहरी लगायतमा अस्तव्यस्तता, अर्थतन्त्रको निरन्तर ओरालो यात्रा, थपिँदो प्राकृतिक प्रकोपको भार, युवाहरूको निरन्तर विदेश पलायन, सार्वजनिक सञ्चार क्षेत्र र नागरिक वृत्तमा चुलिँदो निराशा, आदिले देश ठुलो सङ्कटतिर उन्मुख भइरहेको सङ्केत गर्छ !’, डा.भट्टराईले भनेका छन्, ‘अब कुनै पनि बहानामा देशले अस्थिरता र उथलपुथल थेग्न सक्दै सक्दैन ! सबै आ आफ्नो क्षेत्रबाट गम्भीर बनौँ ! सक्छौँ, सकारात्मक योगदान गरौँ ! सक्दैनौँ, नकारात्मक काम नगरौँ !’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट