Logo

Oct 31 2026 | २०८३, कार्तिक १५गते

मकवानपुरमा डिजेल ट्यांकर दुर्घटना हुँदा चालकको मृत्यु

मकवानपुरमा डिजेल ट्यांकर दुर्घटना हुँदा चालकको मृत्यु

हेटौँडा :  मकवानपुरको बकैया–५ तीनतले, फास्ट्याक नजिक हिजो साँझ मदन भण्डारी लोकमार्गमा डिजेल लोड भएको ट्यांकर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।हेटौँडाबाट हात्तिसुडे गइरहेको ना६ख २९४९ नम्बरको डिजेल लोड ट्याङकर दुर्घटना भएको हो ।

दुर्घटनापछि च्यापिएर ट्याङ्कर चालक सिन्धुली, घ्याङ्लेख–२ का ४० वर्षीय रमेश कुमार रायमाझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनको शव पोष्टमार्टमका लागि हेटौँडा अस्पतालमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij