Logo

Oct 31 2026 | २०८३, कार्तिक १५गते

सल्यानमा जिप १५० मिटर तल खोलामा खस्यो, तीन जनाको मृत्यु

सल्यानमा जिप १५० मिटर तल खोलामा खस्यो, तीन जनाको मृत्यु

 सल्यान  : सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।

सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेस्थित भित्री कच्ची सडकखण्डमा शुक्रबार साँझ श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु.१ ज २३६८ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका १० जनालाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएकोमा तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ल्यान सिद्ध कुमाख गाउँपालिका-२ की ४२ वर्षीया कृष्णी बस्नेत, ४५ वर्षीया सीता विक र ४३ वर्षीय साउने रोका रहेका छन्।

घाइतेहरूमध्ये केहीलाई थप उपचारका लागि दाङ र नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

जिप चालक सल्यान, सिद्ध कुमाख गाउँपालिका-२ का ३८ वर्षीय तिलक चलाउनेलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij