Logo

Oct 31 2026 | २०८३, कार्तिक १५गते

आज एनपीएलका दुई खेल, वर्षाले खेल बिथोल्ने सम्भावना

आज एनपीएलका दुई खेल, वर्षाले खेल बिथोल्ने सम्भावना

काठमाडौंः नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत आज हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुँदैछन्।

पहिलो खेल जितेका दुवै टोली लगातार दोस्रो जितको लक्ष्यसहित मैदान उत्रनेछन्। तर खेलमा वर्षा बाधक बन्ने सम्भावना छ। लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको थियो। यता चितवनले विराटनगर किङ्सलाई आठ रनले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो।


दुवै टोली पहिलो खेलको लयलाई निरन्तरता दिने लक्ष्यमा रहे पनि आजको मौसमले खेलको नतिजामा प्रभाव पार्न सक्छ। वर्षाका कारण खेल प्रभावित भए दुवै टोलीको लगातार दोस्रो जितको लक्ष्य पूरा नहुन सक्छ। दुवै टोलीले १–१ अंक बाँड्ने छन्।

यसैगरी, विराटनगर र सुदूरपश्चिमबीचको खेल अपराह्न साढे ४ बजे हुनेछ। तर, दुई दिनदेखिको लगातार वर्षाका कारण दुवै खेल प्रभावित हुनसक्ने देखिएको छ।

जारी लिगमा लुम्बिनी र चितवनले एक÷एक खेलमा जित हासिल गरेका छन् भने विराटनगर आफ्ना दुईवटै खेलमा पराजित भएको छ। यस्तै, सुदूरपश्चिमले एकमा जित र एकमा हार बेहोरेको छ।

अर्नब चक्रवातको असरले नेपालमा बिहीबार रातिदेखि नै वर्षा भइरहेको छ। शुक्रबार दिनभर वर्षा भएको थियो भने शनिबार पनि साँझसम्मै हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij