Logo

Oct 31 2026 | २०८३, कार्तिक १५गते

चीनको १४ सदस्यीय साहित्यक टोली काठमाडौंमा

चीनको १४ सदस्यीय साहित्यक टोली काठमाडौंमा

काठमाडौंः जनवादी गणतन्त्र चीनको साहित्यिक एवं साँस्कृतिक टोली काठमाडौं आइपुगेको छ। लु छुन कल्चरल फाउन्डेसनका अध्यक्ष झाउ लिङफेई नेतृत्वको टोलीलाई  एसएस फाउन्डेसनले काठमाडौंमा विशेष समारोहबीच स्वागत एवम सम्मान गरेको छ।

फाउन्डेसनका संरक्षक शोभित उप्रेती र अध्यक्ष मदनदास श्रेष्ठले मित्र राष्ट्र चीनका सर्जकहरुको भ्रमणले एक अर्काको संस्कृति, साहित्य र सभ्यताको विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे।  नेपालको कला,संस्कृतिबारे चर्चा गर्दै उनीहरुले  यश क्षेत्रमा आपसी  सहकार्य र सहयोगको आवश्यकता अझै बढेको धारणा राखे।  

समारोहमा नेपाली पहिचान झल्काउने कौडा, हुड्क्यौली र नेवारी गीत संगीत प्रस्तुत गरिएको थियोे। चिनियाँ टोलीले पाटन दरबार लगायत उपत्यकाका ऐतिहासिक एवम पुरातात्विक क्षेत्रको अवलोकन पनि गरेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij