काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने र समाचार कक्षमा प्रवेश गरेर धरपकड गर्ने कार्य पार्टीको नीति र सिद्धान्त विपरीत रहेको बताएका छन् । उनले यस्तो कार्य संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको समेत विपरीत हुने बताए । खरेलले पत्रकारलाई समाचारकै आधारमा पक्राउ गर्ने वा सोधपुछका नाममा धरपकड गर्ने विषयमा पार्टी स्पष्ट रहेको बताए ।
यद्यपि, पछिल्ला घटनाबारे वास्तविकता बुझेर पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने उनको भनाइ छ। आजै नेपाल प्रेसका विश्वमणि सुवेदी, डीएनखबरका धीरज बस्नेत र मोटिभेट न्युजका शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै, नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीलाई पक्राउ गर्न सादा पोसाकका प्रहरी पत्रिकाको कार्यालयमै पुगेका छन्। यस्तै दियो पोस्टसहितका सञ्चारमाध्यममा पनि प्रहरी पुगेको बताइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij