Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

समाचार प्रकाशित गरेको भन्दै पत्रकारलाई घरमै पुगेर धम्की, महासङ्घद्वारा आपत्ति

समाचार प्रकाशित गरेको भन्दै पत्रकारलाई घरमै पुगेर धम्की, महासङ्घद्वारा आपत्ति

काठमाडौँ :  नेपाल पत्रकार महासङ्घले सिरहास्थित अपन दैनिकका सञ्चारकर्मी श्यामकुमार यादवलाई समाचार प्रकाशित गरेको विषयलाई लिएर धम्की दिइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासङ्घका महासचिव रामप्रसाद दाहालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारको सुरक्षा तथा स्वतन्त्र पत्रकारिताको वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।

तस्करीसम्बन्धी भिडियो समाचार प्रकाशित भएपछि अजय यादव नाम गरेका व्यक्तिले पत्रकार श्यामकुमार यादवको घरमै पुगेर धम्की दिएको महासङ्घको सिरहा शाखाले जनाएको छ। धम्की दिने भनिएका अजय यादव हाल प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।


समाचारमा चित्त नबुझे कानुनी तथा विधिसम्मत प्रक्रियामार्फत समाधान खोज्न सकिने विकल्प हुँदाहुँदै पत्रकारलाई घरमै पुगेर धम्क्याउनु निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी कार्य भएको महासङ्घले जनाएको छ ।

महासङ्घले घटनाको निष्पक्ष छानबिन गरी पत्रकारलाई धम्की दिने व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

867791532_2323296421836629_150520069373548666_n_Cjyq7g0veD.webp
undefined

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट