Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

पक्राउ परेका सबै पत्रकार रिहा : सञ्चारमन्त्री

पक्राउ परेका सबै पत्रकार रिहा : सञ्चारमन्त्री

काठमाडौँ : सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भएको जनाएका छन्।

सामाजिक सञ्जालमार्फत पत्रकार छुटेको जानकारी दिँदै मन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताए। उनले भनेका छन्, 'प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्।'  

शुक्रबार पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराल र डीएनए अनलाइनका धीरज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij