काठमाडौं : सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक (फूलकोर्ट)मा विचौलिया इनम सापकोटाको मोबाइलमा देखिएको भनिएका न्यायाधीशहरूको बारेमा छलफल भएको छ । शुक्रबार डाकिएको फूलकोर्टको बैठकमा इनम सापकोटाले प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम लिएको अनि न्यायाधीश हरि फुयालले सापकोटालाई भेटेको विषयमा न्यायाधीशहरूले प्रश्न गरेका थिए ।
त्यसको जवाफमा प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुयालले आफ्नो भनाइ राखेका थिए । न्यायाधीशहरूले विवरण सार्वजनिक भइसकेपछि त्यसबारेमा अध्ययन गर्न न्यायपालिकाभित्रै समिति गठन गर्नुपर्ने सुझाव दिएका थिए ।
तर, सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल विदेश भ्रमणमा रहेको र न्यायाधीश अब्दुल अजीज मुसलमान पनि बिदामा रहेकाले सोमबार फेरि विस्तृत रुपमा फूलकोर्टको बैठक डाक्ने सल्लाह भएको सर्वोच्च स्रोतले बतायो ।
यद्यपी प्रधानन्यायाधीश शर्माले हिजै उक्त समाचारबारे खण्डन गरिसकेका छन् । उनले उनले आफूलाई जोडेर प्रकाशित समाचारप्रति आश्चर्य र स्तब्धता व्यक्त गर्दै घटनासँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरेका थिए ।
न्यायाधीश फुयालले पनि उनले न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षताप्रति प्रतिबद्धता व्यक्त गर्दै भइरहेको अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताइसकेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij