Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

नेपालको स्तरोन्नति हुने निर्धारित समयतालिका सर्‍यो

नेपालको स्तरोन्नति हुने निर्धारित समयतालिका सर्‍यो

काठमाडौँ : सरकारले अनुरोध गरे अनुसार संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको स्तरोन्नति हुने निर्धारित समयतालिका तीन वर्षका लागि पछाडि सारेको छ ।

राष्ट्रसङ्घको महासभाले सर्वसम्मत रूपमा प्रस्ताव पारित गरेसँगै नेपालको स्तरोन्नतिका लागि तयारीको नयाँ समय २४ नोभेम्बर २०२९ सम्म थप भएको हो । परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलनको आयोजना गरी त्यस बारे जानकारी गराएको हो ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमहरूको मध्यनजर गर्दै पूर्व निर्धारित नोभेम्बर २०२६ को स्तरोन्नतिको समयतालिका लम्ब्याउन सरकारले संयुक्त राष्ट्रसङ्घ आग्रह गरेको थियो । सोही निर्णय बमोजिम परराष्ट्रमन्त्री शिशिर खनालले २०२६ मे मा संयुक्त राष्ट्रसङ्घको ‘कमिटी फर डेभलपमेन्ट पोलीसी’ का अध्यक्ष र संयुक्त राष्ट्रसंघका महासचिवलाई औपचारिक पत्राचार गरेका थिए ।

नेपालको उक्त अनुरोधलाई स्वीकार गर्दै संयुक्त राष्ट्रसङ्घले हिजो सर्वसम्मत रूपमा प्रस्ताव पारित भएको मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट