Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

अमेरिकी फोन नम्बरमा चिनियाँ दूरसञ्चार कम्पनीको पहुँच रोक्ने तयारी

अमेरिकी फोन नम्बरमा चिनियाँ दूरसञ्चार कम्पनीको पहुँच रोक्ने तयारी

वासिङ्टन : अमेरिकाले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै चिनियाँ दूरसञ्चार कम्पनीहरूलाई अमेरिकी फोन नम्बरमा प्रत्यक्ष पहुँच गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

बिहीबार अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी)ले यससम्बन्धी प्रस्तावमाथि आगामी नोभेम्बर १९ मा मतदान गर्ने जनाएको हो । प्रस्ताव पारित भए चाइना मोबाइल, चाइना टेलिकम र चाइना युनिकमसहित अन्य चिनियाँ सेवा प्रदायकलाई अमेरिकी फोन नम्बरमा प्रत्यक्ष पहुँच गर्न रोक लगाइनेछ ।

अमेरिकी अधिकारीहरूका अनुसार यो कदम ठगी तथा अवैध स्वचालित फोन कल नियन्त्रण गर्न र दूरसञ्चार सुरक्षालाई बलियो बनाउन लक्षित छ । अमेरिकाले चिनियाँ कम्पनीलाई अमेरिकी दूरसञ्चार सञ्जालमा जोडिन तथा अमेरिकाभित्र डेटा सेन्टर सञ्चालन गर्नसमेत प्रतिबन्ध लगाउने विषयमा विचार गरिरहेको छ । हुवावे र जेडटीईजस्ता राष्ट्रिय सुरक्षाका लागि जोखिम मानिएका कम्पनीका उपकरण प्रयोग गर्ने सेवा प्रदायकमाथि पनि प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारिएको छ ।

सन् २०२४ मा चिनियाँ राज्यसमर्थित ‘सल्ट टाइफुन’ नामक साइबर समूहले अमेरिकी दूरसञ्चार प्रणालीमा प्रवेश गरी फोन रेकर्ड तथा सञ्चारसम्बन्धी तथ्यांक चोरी गरेको अमेरिकाको आरोप छ । चीनले भने आफूले कुनै गलत काम नगरेको बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij