काठमाडौँ : 'अर्नब' चक्रवातका भइरहेको कारण वर्षाका बाबजुद मुग्लिन-नारायणगढ सडक खण्डमा सवारी आवागमन सामान्य रहेको छ। सडक डिभिजन कार्यालय, भरतपुरले आज बिहान ११:२५ बजे सडकको अवस्थाबारे पछिल्लो अपडेट जारी गर्दै यातायात सुचारु रहेको जानकारी दिएको हो।
सडक खुला रहे पनि लगातारको वर्षाका कारण सडकमा पहिरो खस्ने सम्भावित जोखिम भने उच्च रहेको कार्यालयले जनाएको छ। सम्भावित प्राकृतिक विपद् र यात्रुको सुरक्षालाई मध्यनजर गर्दै सडक डिभिजन कार्यालयले अत्यावश्यक कामबाहेक यो सडक खण्डमा यात्रा नगर्न सम्पूर्ण सर्वसाधारणलाई अनुरोध गरेको छ।
'वर्षाका कारण सडक र पहिरोको सम्भावित जोखिम कायमै रहेकोले अत्यावश्यक बाहेक यात्राको तय नगर्नुहुन अनुरोध गरिन्छ,'कार्यालयले भनेको छ। यसैगरी, कुनै विशेष कारणले यात्रा गर्नैपर्ने अवस्था आएमा नजिकको वा सम्बन्धित सुरक्षा निकायमा सम्पर्क गरी सडकको पछिल्लो अवस्था बुझेर मात्र सुरक्षित रूपमा यात्रा सुरु गर्न यात्रु तथा सवारी चालकहरूलाई आग्रह गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij