Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

भावी प्रधान सेनापतिको रोलमा अनुपजंग थापा, रथी बढुवाका लागि एकल नाम सिफारिस

भावी प्रधान सेनापतिको रोलमा अनुपजंग थापा, रथी बढुवाका लागि एकल नाम सिफारिस

काठमाडौं : नेपाली सेनाका भावी प्रधान सेनापतिका रुपमा मानिएको यसपटकको रथी बढुवामा उपरथी अनुपजंग सिफारिस भएका छन् । उनी रथी बढुवा भएपछि अशोक सिग्देलपछि सेनापतिको रोलमा बस्नेछन् ।रथी प्रदीपजंग केसीको अध्यक्षतामा बसेको बोर्ड बैठकले थापाको नाम बढुवाका लागि सिफारिस गरेको हो । केसी पनि मंसीर १५ गते अवकाश हुँदैछन् । त्यसपछि उनको ठाउँमा मधुकर कार्की सिफारिस हुने सम्भावना छ ।

बोर्डले थापाको बढुवा सिफारिसप्रति चित्त नबुझे उजुरी गर्न सात दिनको समय दिँदै सूचना जारी गरेको छ । सूचना सोमबार प्रकाशित भएको हो ।रथी गणेश श्रेष्ठले मङ्सिर ७ गते अवकाश पाएपछि रिक्त हुने पदमा थापा सिफारिस भएका हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij