काठमाडौँ : सरकारले अबको तीन दिन धान नकाट्न किसानलाई आग्रह गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हावाहुरीसहित ठूलो पानी पर्ने सम्भावना बढेपछि यस्तो आग्रह गरेको हो।
प्राधिकरणले भनेको छ, ‘यही कात्तिक १२, १३, १४ गते हावाहुरी, चट्याङ, हिमआँधीसहित ठूलो पानी पर्ने सम्भावना छ। त्यसैले देशभरका हिमाली र उच्च पहाडी भेगमा पर्वतारोहण तथा पदयात्रा नगर्नुहोला। ट्रेकिङमा जानुभएको छ भने सुरक्षित ठाउँमा बस्नुहोला। साथै यो तीन दिन धान नकाट्नु हुन अनुरोध छ।’
अर्णव चक्रवातको प्रभाव नेपालमा समेत पर्ने देखिएकाले सरकारले सतर्कता अपाउन पनि आग्रह गर्दै आएको छ। बंगालको खाडीमा बनेको चक्रवात 'अर्णव'को प्रभावले हाल काठमाडौंको आकाशमा साधारणतया बादल लागिरहेको अवस्था छ।
नेपाल मौसम विज्ञान विभागले पछिल्लो ६ घण्टामा कोशी प्रदेशको पहाडी र तराई भू-भागको थोरै स्थानमा हल्का पानी परेको जनाएकाे छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij