Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

गोलीकाण्डपछि के टाइगरले मुम्बई छोड्न लागेका हुन् ?

गोलीकाण्डपछि के टाइगरले मुम्बई छोड्न लागेका हुन् ?

मुम्बईमा उनको कारमा गोली प्रहार भएको घटनाको चार दिनपछि (अक्टोबर २२) मा सम्पत्ति बिक्रीको कारोबार दर्ता भएको थियो। रियल इस्टेटसम्बन्धी तथ्यांक विश्लेषण गर्ने संस्था सीआरई म्याट्रिक्सले सार्वजनिक गरेको कागजातअनुसार अपार्टमेन्ट रुस्तमजी प्यारामाउन्ट डी को-अपरेटिभ हाउजिङ सोसाइटीको नवौं तलामा छ। यसको कार्पेट क्षेत्रफल एक हजार २९१.१४ वर्गफिट र अतिरिक्त क्षेत्रफल ९५.८० वर्गफिट छ। बिक्रीमा दुई वटा कार पार्किङसमेत समावेश छन्। कारोबारमा ५४ लाख भारु स्टाम्प शुल्क तिरिएको छ।

टाइगरले सन् २०१८ जुलाई १७ मा किस्टोन रियाल्टर्स प्राइभेट लिमिटेडबाट उक्त अपार्टमेन्ट सात करोड ६१ लाख भारुमा किनेका थिए। उनले सन् २०१९ नोभेम्बर ३० मा अपार्टमेन्टको स्वामित्व लिएका थिए। अहिले नौ करोड भारुमा बिक्री गर्दा खरिद मूल्यभन्दा एक करोड ३९ लाख भारु बढी रकम प्राप्त भएको देखिन्छ। यसमा अन्य खर्च भने समावेश छैनन्।मुम्बई प्रहरीले टाइगरको कारमा गोली प्रहार भएको घटनाको अनुसन्धानका क्रममा ११ जना आरोपितलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। महाराष्ट्र, दिल्ली, हरियाणा, गुजरात र मध्यप्रदेशलगायतका क्षेत्रमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

पछिल्लो पटक हरियाणाको सोनीपतका २२ वर्षीय प्रन्जल ठाकरानलाई मध्यप्रदेशको इन्दौरबाट पक्राउ गरिएको हो। उनीमाथि घटनामा संलग्नलाई हतियार तथा अन्य सहयोग उपलब्ध गराएको आरोप छ। यसअघि गोली प्रहारमा संलग्न रहेको आशंका गरिएका मुख्य तीन जनालाई राजस्थानको कोटा रेलवे स्टेसनबाट पक्राउ गरिएको थियो।अनुसन्धानका क्रममा प्रहरीले हतियार कहाँबाट ल्याइएको थियो र घटनामा संलग्न व्यक्तिबिच कसरी सम्पर्क भएको थियो भन्ने विषयमा छानबिन गरिरहेको छ। आरोपितले विदेशमा रहेका सहयोगीबाट घटनासम्बन्धी निर्देशन र जानकारी पाएको हुन सक्ने प्रहरीको आशंका छ। पछिल्लो विवरणअनुसार घटनामा प्रयोग भएको भनिएका दुई पेस्तोल र गोलीसमेत गुजरातको सुरत नजिकबाट बरामद गरिएको छ। प्रहरीले ती हतियार परीक्षण गरी थप प्रमाण जुटाउने प्रयास गरिरहेको छ।

मुम्बई प्रहरीले लरेन्स बिश्नोई समूहसँग सम्बन्ध रहेको आशंका गरिएका अनिल पण्डितलाई पनि फरार आरोपितका रूपमा खोजिरहेको छ। पण्डितले घटनाको जिम्मेवारी लिएका थिए। उनले सलमान खानसँग नजिक हुने वा उनीसँग काम गर्ने व्यक्तिहरूलाई निशाना बनाउने चेतावनीसमेत दिएका थिए। सार्वजनिक भएको अडियोमार्फत उनले आफूसँग ७० हजारको संख्यामा सुटर रहेको दाबी समेत गरेका थिए। काला हिरण सिकार प्रकरणलाई लिएर लरेन्स बिश्नोई समूहले सलमान खानलाई पटकपटक धम्की दिँदै आएको छ। लरेन्स बिश्नोई अहिले तिहाड जेलमा छन्।

सलमानबारे बिश्नोई समूहको अर्को अडियो सार्वजनिक, टाइगरको घटनापछि दिशाको घरमा सुरक्षा कडा

अक्टोबर १८ मा मुम्बईको जुहू क्षेत्रमा फुटबल खेलेर फर्किने क्रममा टाइगरको कारमा मोटरसाइकलमा आएका व्यक्तिहरूले गोली प्रहार गरेका थिए। कारमा पाँच राउन्ड गोली चलाइएको थियो। टाइगर जोगिए पनि उनका चालक र उमेश चव्हाण नामका एक प्रशंसक घाइते भएका थिए।घटनापछि महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शिन्देले टाइगरलाई भेटेर घटनामा संलग्नमाथि कारबाही गर्ने आश्वासन दिएका थिए। मुख्यमन्त्री देवेन्द्र फडणवीसले पनि टाइगरसँग फोनमा कुराकानी गरेर कारबाही गर्ने विश्वास दिलाएका थिए।यसैबिच, बलिउडमा अन्डरवर्ल्डको प्रभावबारे चर्चा भइरहेका बेला टाइगरले अपार्टमेन्ट बेचेका हुन्। तर, गोलीकाण्ड र अपार्टमेन्ट बिक्रीबिच कुनै सम्बन्ध रहेको पुष्टि भएको छैन। अपार्टमेन्ट बेचेको आधारमा मात्रै उनले मुम्बई छोड्न लागेको निष्कर्ष निकाल्न सकिँदैन। टाइगरलाई पछिल्लो पटक फिल्म ‘बागी ४’ मा देखिएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट