दाङ : जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) दिपक श्रेष्ठ २०८३ साल असोज महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
नेपाल प्रहरी लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुर दाङले श्रेष्ठलाई असोज महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरेको हो ।
पेशागत जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुका साथै अपराध अनुसन्धान तथा नियन्त्रण र नवप्रवर्तनात्मक कार्यक्रममार्फत प्रहरी संगठनको गरिमा अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएको भन्दै उनलाई उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।
श्रेष्ठको कार्यसम्पादन, व्यावसायिक दक्षता र संगठनप्रतिको योगदानको कदर गर्दै लुम्बिनी प्रदेश प्रहरी कार्यालयले उनलाई उक्त सम्मान प्रदान गरेको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij