Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

थाइल्यान्डमा ‘नो आइडी, नो एड्स’ नियम लागू हुँदै

थाइल्यान्डमा ‘नो आइडी, नो एड्स’ नियम लागू हुँदै

थाइल्यान्डमा नोभेम्बर १ देखि अनलाइन विज्ञापन दिनुअघि परिचय प्रमाणित गर्नुपर्ने नयाँ नियम लागू हुने भएको छ।‘नो आइडी, नो एड्स’ नाम दिइएको यो नीतिको उद्देश्य अनलाइन ठगी नियन्त्रण गर्नु र उपभोक्ताको सुरक्षा बढाउनु हो।थाइल्यान्ड सरकारकी उपप्रवक्ता ललिदा पर्स्विवतानाले डिजिटल अर्थतन्त्र तथा समाज मन्त्रालयले सशुल्क विज्ञापन राख्ने सामाजिक सञ्जाल प्लेटफर्ममा नयाँ नियम लागू गर्न सम्बन्धित कम्पनीहरूसँग काम गरिरहेको बताइन्।नयाँ नियमअनुसार विज्ञापनमा पैसा लगानी गर्ने व्यक्ति वा संस्था र विज्ञापन प्रस्तुत गर्ने व्यक्ति वा एजेन्सी दुवैले आफ्नो परिचय प्रमाणित गर्नुपर्नेछ। विज्ञापनको पहुँच बढाउन नियुक्त गरिएका तेस्रो पक्षका सामग्री निर्माताले पनि यो प्रक्रिया पूरा गर्नुपर्नेछ।

नियमअनुसार सामाजिक सञ्जाल तथा अन्य विज्ञापन प्लेटफर्मले विज्ञापन अभियान सकिएको कम्तीमा ९० दिनसम्म विज्ञापनदाताको परिचय प्रमाणीकरणसम्बन्धी विवरण सुरक्षित राख्नुपर्नेछ। सम्भावित ठगीको अनुसन्धानमा सहयोग पुर्‍याउन यस्तो व्यवस्था गरिएको हो।प्रवक्ता ललिदाले परिचय प्रमाणित हुँदैमा कुनै उत्पादन वा सेवालाई सरकारले अनुमोदन गरेको अर्थ नलाग्ने स्पष्ट पारिन्।उनले उपभोक्तालाई अनलाइन विज्ञापन हेर्दा सावधानी अपनाउन आग्रह गरिन्। विशेषगरी असामान्य रूपमा उच्च प्रतिफल दिने वाचा गर्ने वा तत्काल पैसा पठाउन दबाब दिने विज्ञापनबाट सतर्क रहनुपर्ने उनले बताइन्।

त्यस्तै, अनलाइन व्यवसायी, व्यापारी र विज्ञापन एजेन्सीलाई नयाँ नियमअनुसार आवश्यक परिचय प्रमाणीकरणका कागजात तयार राख्न आग्रह गरिएको छ। सेवा अवरुद्ध हुन नदिन डिजिटल अर्थतन्त्र तथा समाज मन्त्रालय र इलेक्ट्रोनिक कारोबार विकास एजेन्सीका निर्देशनअनुसार कागजात तयार गर्नुपर्नेछ।नयाँ व्यवस्थाले अनलाइन विज्ञापनमा पारदर्शिता बढाउन र ठगीका घटनाको अनुसन्धानमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट