रौतहट : रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरस्थित मौलापुर–शीतलपुर सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।आइतबार बिहान करिब १ बजे मौलापुरबाट शीतलपुरतर्फ जाँदै गरेको बा ३७ प ९९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीनै जना घाइते भएका थिए।दुर्घटनामा फतुवा विजयपुर नगरपालिका–२ शीतलपुर निवासी ५३ वर्षीय मोटरसाइकल चालक त्रिविक्रम ठाकुर, उनकी करिब ७० वर्षीया आमा सोमरिया देवी ठाकुर र करिब २८ वर्षीया बुहारी सीमा कुमारी ठाकुर घाइते भएका थिए।
घाइते तीनै जनालाई उपचारका लागि बाराको कलैयास्थित राजलक्ष्मी प्रा.लि. अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा बिहान करिब ५ बजे सोमरिया देवीको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ।दुर्घटनामा घाइते भएका त्रिविक्रम र सीमा कुमारीको उपचार भइरहेको छ। दुर्घटनाको कारण मोटरसाइकल अनियन्त्रित हुनु रहेको प्रारम्भिक विवरणमा उल्लेख छ। मृतकको शव पोस्टमार्टमका लागी प्रादेशिक अस्पताल कलैयामा पठाइएको तथा घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मौलापुरले घटनाको पुष्टि गर्दै घटना बारे अनुसन्धान भइरहेको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij