Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

गड्डाचौकी नाकामा सशस्त्रको ‘अल्फा’ र ‘डेल्टा’को ड्युटी

गड्डाचौकी नाकामा सशस्त्रको ‘अल्फा’ र ‘डेल्टा’को ड्युटी

महेन्द्रनगर : सशस्त्र प्रहरी बलले कञ्चनपुरको गड्डाचौकी नाकामा शनिबार बिहानदेखि तालिमप्राप्त कुकुर ‘लेब्राडोर अल्फा’ र जर्मन ‘सेफर्ड’बाट जाँचका सुरु गरेको छ । चाडपर्वका बेला मात्र नभई सशस्त्र प्रहरी बल नेपालले गड्डाचौकीमा रहेको सीमा सुरक्षा गुल्ममा ‘केनाइन शाखा’ नै स्थापना गरी नियमित जाँच सुरु गरेको हो ।सशस्त्र प्रहरी बल श्री नं ३५ शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले सशस्त्र प्रहरीले पाँच केनाइन शाखा गड्डाचौकीमा स्थापना गरेको जानकारी दिए ।

“मुलुककाचार वटा मुख्य नाकामा यसअघि नै केनाइन शाखा स्थापना गरेर सशस्त्र प्रहरी बलले तालिमप्राप्त कुकुरबाट सीमा क्षेत्रकोसुरक्षा पहरामा खटाएको थियो ।” सिग्देलले भने, “अब पाँचाैँ शाखाका रुपमा गड्डाचौकीमा केनाइन युनिट रहन्छ ।”उनले सुदूरपश्चिममा सशस्त्र प्रहरी बलले गड्डाचौकीमा पहिलो पटक तालिमप्राप्त कुकुर चेकजाँचमा खटाएको जानकारी दिए । “सशस्त्र प्रहरी बलको सुदूरपश्चिममा यो पहिलो शाखा पनि हो,” उनले भने, “यसले नेपाल–भारत सीमा क्षेत्रमा हुने आपराधिक घटना न्यूनीकरणमा सहज हुने अपेक्षा गरिएको छ ।”

सीमा सुरक्षा गुल्ममा सशस्त्र प्रहरी सहायक निरीक्षक जगदीश भट्टको कमान्डमा पाँच जनाको तालिमप्राप्त दक्ष जनशक्ति तथा तालिमप्राप्त दुई वटा लेब्राडोर अल्फा नाम गरेको फिमेल डग र जर्मन सेफर्ड जातको डेल्टा नाम गरेको मेल डगसहित केनाइन शाखा स्थापना गरेर कार्य प्रारम्भ गरिएको छ ।“जर्मन सेफर्डले सीमामा हातहतियार र विष्फोटक पदार्थ चेकजाँच गर्ने र लेब्राडोर अल्फाले लागूपदार्थ जाँच गर्नेछ,” सशस्त्र प्रहरी उपरीक्षक सिग्देलले भने, “सशस्त्र प्रहरी बलले कञ्चनपुरमा सीमा क्षेत्रमा व्यापक सुरक्षा सतर्कता बढाएको छ ।”शुक्रबार बिहान उद्घाटन गरिएको चेकजाँचको अनुगमनमा कञ्चनपुर जिल्ला प्रमुख अधिकारी मदन कोइराला, सशस्त्र प्रहरी बल नं ३५ शैलेश्वरी गणका गणपति प्रेमप्रकाश सिग्देल र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक नेत्रमणि गिरीलगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट