काठमाडौं : कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमालेले मधेशमा नयाँ समीकरण बनाउने प्रकृया सुरु गरेको छ।संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा नयाँ सरकार गठन गर्न छलफल सुरु गरेको हो। यही बीचमा हिजो एमाले र जनता समाजवादी पार्टी नेपालबीच छलफल भएको छ। भक्तपुरको गुण्डुमा एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो। छलफलमा संसदीय दलका नेता यादव समेत सहभागी भए
छलफलमा जसपा नेपालका नेता सरोजकुमार यादवको नेतृत्वमा नयाँ सरकार गठन गर्ने गरी गठबन्धन बनाउने प्रयास भएको एक नेताले बताएका छन्। तर, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग सहकार्य गरेर सरकारमा सहभागी हुने विषयमा पार्टीले कुनै निर्णय नगरेको सामाजिक सञ्जालमार्फत स्पष्ट पारे।
उनले एमालेसँग सहकार्य गर्नेबारे कुनै नीति वा समझदारी नरहेको र तत्काल यस्तो सम्भावना पनि नरहेको बताउनुभएको छ। एमाले मधेशका प्रमुख सचेतक हरि नारायण महतोले जानकारी दिए।
१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि ५४ सिट आवश्यक पर्छ। जसपा नेपाल २७ सिटसहित सबैभन्दा ठूलो दल हो भने एमालेसँग २३ र नेपाली कांग्रेससँग २२ सिट छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग १५ सिट रहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij