Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

मध्यराति झगडा हुँदा युवकको ज्यान गयो, कुटपिटमा संलग्न युवक पक्राउ

मध्यराति झगडा हुँदा युवकको ज्यान गयो, कुटपिटमा संलग्न युवक पक्राउ

काठमाडौँ :  काठमाडौँको माछापोखरी चोकमा आपसी विवादका क्रममा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ।काठमाडौँ महानगरपालिका–१६ स्थित माछापोखरी चोकको सडकखण्डमा असोज ३१ गते राति करिब १२:१२ बजे हिँडिरहेको अवस्थामा दुई युवकबिच भनाभन भएको थियो। 

कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ घर भई हाल काठमाडौँको बल्खु बस्ने २० वर्षीय अर्जुन ताम्राकार र नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई हाल तारकेश्वर नगरपालिका–९ मनमैजु बस्ने २० वर्षीय सुवास तामाङबिच आपसी विवाद भई झगडा भएको हो।

झगडाका क्रममा सुवास तामाङ लडेर अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि बालाजुस्थित सिल्भरलाइन अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा दिउँसो १:३० बजे मृत्यु भएको हो।

घटनापछि प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले कुटपिटमा संलग्न रहेका ताम्राकारलाई नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij