Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने ११ ट्र्याक्टर प्रहरी नियन्त्रणमा

अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने ११ ट्र्याक्टर प्रहरी नियन्त्रणमा

रौतहट :  रौतहटमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न ११ वटा ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। असोज महिनामा जिल्लाका विभिन्न स्थानबाट ती ट्र्याक्टर नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा बुझाइएको छ।


जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले अवैध नदीजन्य पदार्थ उत्खनन नियन्त्रण तथा रोकथामका लागि निगरानी र कारबाही गर्ने क्रममा ट्र्याक्टरहरू नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका ट्र्याक्टरहरूमा ना.७ त २५५८, प्रदेश २–०३–००१ त ३७१४, ना.४ त ४६८३, ना.६ त ६५९९, प्रदेश २–०३–००१ त ५३७४, ना.७ त ४६३३, ना.७ त ६६९, प्रदेश २–०३–००१ त २४३९ र ना.६ त ८३५० नम्बरका रहेका छन्। यसका साथै नम्बर नखुलेको एउटा ‘अन टेस्ट’ ट्र्याक्टर पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिइएका ट्र्याक्टर सम्बन्धित स्थानीय तहमा बुझाएपछि कुल ६२ हजार ५०० रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमले जानकारी दिएका छन्।

नदीजन्य पदार्थको अवैध उत्खननले नदीको प्राकृतिक बहाव, तटीय क्षेत्र तथा वातावरणमा गम्भीर असर पार्न सक्ने भएकाले प्रहरीले यस्ता गतिविधि नियन्त्रण गर्न निगरानी र कारबाहीलाई निरन्तरता दिएको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij