काठमाडौं : नेपाल प्रहरीको साइबर ब्युरोले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तलाई छलफलका लागि बोलाएको छ।जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठविरुद्ध ठाडो उजुरी दिएपछि पन्तलाई पनि ब्युरोले बोलाएको हो।प्रहरीको टोलीले पत्रकार श्रेष्ठलाई नख्खुस्थित निवासबाट साइबर ब्युरो पुर्याएको छ। पन्त पनि ब्युरेतर्फ प्रस्थान गरिसकेको स्रोतले जनाएको छ।
समाचारको विषयलाई लिएर पन्तले हिजो श्रेष्ठविरुद्ध साइबर ब्युरोमा निवेदन दिएका थिए। श्रेष्ठले पनि पन्तविरुद्ध निवेदन दिएपछि दुवै पक्षलाई सँगै राखेर छलफल गराउने तयारी गरिएको ब्युरो स्रोतले जनाएको छ।पत्रकार श्रेष्ठलाई यसअघि गत साउन २७ गते पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।उनको निवास र घरमा खानतलासी गरेर प्रहरीले ल्यापटप, कम्प्युटरलगायत विद्युतीय सामग्रीसमेत जफत गरेको थियो।तर बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश दिएपछि उनी भदौ १ गते हिरासतमुक्त भएका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij